सम्बन्धमा रहँदाका अश्लील भिडिओ पठाएर प्रेमीद्वारा मानसिक यातना, युवतीले गुहारिन् प्रहरी – Nepal Press

सम्बन्धमा रहँदाका अश्लील भिडिओ पठाएर प्रेमीद्वारा मानसिक यातना, युवतीले गुहारिन् प्रहरी

काठमाडौं । सम्बन्धमा रहँदा खिचिएका अश्लील भिडिओ पठाएर मानसिक यातना दिएको भन्दै एक युवतीले प्रेमीविरुद्ध प्रहरी गुहारेकी छिन् । उजुरीपछि दोलखा भीमेश्वर नगरपालिकाका ३८ वर्षीय अशोक खनाल (नाम परिवर्तन) लाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो ।

युवतीका अनुसार उनीहरू ३ वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, पछिल्लो समय अशोकको व्यवहारमा परिवर्तन आएको र कोठामा बोलाएर गाली गर्ने, कुटपिट गर्ने गरेको जाहेरीमा उल्लेख छ । उनले आफूलाई युवक लागुऔषध सेवनकर्ता जस्तो लागेपछि टाढिँदै गएको बताएकी छन् ।

त्यसपछि युवकले सम्बन्धमा रहेका बेला खिचिएका अश्लील भिडिओ र तस्बिरहरू आफू र आफन्त, साथीलाई पठाएर बेइज्जती गरेको जाहेरीमा युवतीले जाहेरीमा लेखेकी छन् । प्रहरीले आरोपीको मोबाइलबाट केही भिडिओसमेत बरामद भएको जनाएको छ ।

ती युवकविरुद्ध एक लाख रूपैयाँसम्म जरिबाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर