कांग्रेस बैठकमा विश्वप्रकाशको प्रस्ताव– कानून हातमा लिने, कालोमोसो दल्ने कार्यकर्ताको सदस्यता तत्काल खारेज – Nepal Press

कांग्रेस बैठकमा विश्वप्रकाशको प्रस्ताव– कानून हातमा लिने, कालोमोसो दल्ने कार्यकर्ताको सदस्यता तत्काल खारेज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गरेका छन् ।

सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले कालोमोसो दल्ने कार्यकर्ताको सदस्यता तत्काल खारेज गर्नुपर्ने बताए ।

उनले भने, ‘पार्टीको कुनैपनि तह वा भ्रातृ वा शुभेच्छुक संस्था मर्यादित हुनैपर्छ । एक ठाउँमा कुनै घटना हुँदा देशभरको कांग्रेस आलोचित हुन्छ । यो विषयमा नीति महाधिवेशनबाट नीति नै बनाएर जानुपर्छ । कानून हातमा लिने र कालोमोसो दल्नेलाई कारबाहीको लागि कठोर हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर