महाराजगञ्च चिकित्सा क्याम्पसमा स्ववियुको ताला (भिडिओ) – Nepal Press

महाराजगञ्च चिकित्सा क्याम्पसमा स्ववियुको ताला (भिडिओ)

काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पस र जनस्वास्थ्य केन्द्रीय विभागको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पसमा तालाबन्दी गरेको छ ।

त्रिविबाट पटकपटक पत्राचार भएपनि क्याम्पसमा व्यवस्थापत समिति गठन नभएको, नीतिगत कार्यहरूमा स्ववियुलाई संलग्न नगराएको भन्दै तालाबन्दी गरिएको बताइएको छ । विगत ४-५ महिनादेखि उठाइएका माग सम्बोधन नभएको आन्दोलनरत् पक्षले जनाएको छ ।

विद्यार्थीका विभिन्न मागमा ५० वर्षपहिले बनेको होस्टेलको क्षमता बढाउनु पर्ने, नियमित कक्षा सन्चालन हुनु पर्ने, परिवर्तित शैक्षिक निति बनाउन पर्ने, खेल्ने ठाउँ व्यवस्थित हुनुपर्ने, क्यान्टिन चाँडो सञ्चालनमा ल्याउनुपर्ने लगायतका छन् । तर, क्यापस प्रमुख डा. अर्जुन लामिछानेले सुधारका लागि बेवास्ता गरेको स्ववियुको आरोप छ ।

शुक्रबार बुझाइएको मागको सुनुवाइ नभएकाले स्ववियुले आन्दोलन सुरू गरेको सचिव विपना कँडेल र अध्यक्ष आनन्दकुमार सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर