प्रेस युनियन डोटीको अध्यक्षमा कुँवर – Nepal Press

प्रेस युनियन डोटीको अध्यक्षमा कुँवर

डोटी । नेपाल प्रेस युनियन डोटीको अध्यक्षमा चक्र कुँवर चयन भएका छन् ।

आइतबार सम्पन्न ५ औँ अधिवेशनबाट कुँवर अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा चक्र मल्ल र सरिता कठायत चयन भएका छन् ।

यस्तै, सचिवमा विक्रम खडका, सह सचिवमा प्रतीक्षा धामी, कोषाध्यक्षमा दीपेन्द्र खडका चयन भएका छन् ।

अधिवेशन शनिवारदेखि सुरु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *