जनकपुर रेल्वे स्टेशनमा महिलाबाट लुटियो २ लाख ७० हजार रुपैयाँ – Nepal Press

जनकपुर रेल्वे स्टेशनमा महिलाबाट लुटियो २ लाख ७० हजार रुपैयाँ

जनकपुरधाम । जनकपुर रेल्वे स्टेशनमा एक महिला लुटिएको घटना सार्वजनिक भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवबाट २ लाख ७० हजार रुपैयाँ लुटिएको घटना सार्वजनिक भएको हो ।

रेलमा चढ्नैबित्तिकै उनले बोकेको ह्याण्ड ब्याग गायब भएको र त्यसमा २ लाख ७० हजार रुपैयाँ रहेको दाबी गरिएको छ ।

जनकपुरको एनआईसी एसिया बैंकबाट उक्त रकम निकालेर घर जाने क्रममा रेल्वे स्टेशनमा लुटेराले १० हजार बराबरको सुनको गहना र पैसाा राखेको ह्याण्ड ब्याग लुटेर लगेको पीडित सुनिताले बताइन् ।

उनका श्रीमान सञ्जु यादव खाडी मुलुकमा छन् । गाउँमा सुनिताले जग्गा खरिद गरेकी थिइन् । जग्गाधनीलाई दिन भनी बैंकबाट निकालिएको रुपैयाँ घर लग्ने क्रममा लुटिएको उनले बताइन् ।


प्रतिक्रिया

One thought on “जनकपुर रेल्वे स्टेशनमा महिलाबाट लुटियो २ लाख ७० हजार रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *