अदालतको आदेशबाट रिहा भएका सचिव राउत फर्किए नियमित काममा – Nepal Press

अदालतको आदेशबाट रिहा भएका सचिव राउत फर्किए नियमित काममा

काठमाडौं । ललिता निवास प्रकरणमा किर्ते मुद्दाको आरोपमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत आजदेखि नियमित काममा फर्किएका छन् ।

उनी आज विहानदेखि नियमित काममा फर्किएको मन्त्रालयसका सहसचिव एवम प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हरेक आइबार बिहान नौ बजे बस्ने उच्च व्यवस्थापन समुहको आजको बैठकमासमेत सञ्चार सचिव राउत सहभागि भएका छन् । उच्च व्यवस्थापन समूहको बैठकमा उपसचिव सम्मका कर्मचारी बस्ने गरेका छन् ।

राउतलाई सर्वोच्च अदालतले शुक्रबार तारेखमा रिहा गर्न सआदेश दिएको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सञ्चार सचिव राउतलाई छाड्न आदेश दिएको हो ।

तर, उनलाई विदेश जान भने कडाइ गरेको छ । त्यस अघि राउतलाई सर्वोच्च अदालतले २४ घण्टाभित्र अदालतमा पेस गर्न आदेश दिएको थियो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले थुनामा रहेका राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो । काठमाडौंबाट विराटनगर जाने क्रममा असार २४ गते राउतलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर