गभर्नरको प्रष्टोक्ति- ५० लाखसम्मको शेयर धितो कर्जामा मात्र सय प्रतिशत जोखिम भार – Nepal Press

गभर्नरको प्रष्टोक्ति- ५० लाखसम्मको शेयर धितो कर्जामा मात्र सय प्रतिशत जोखिम भार

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखसम्म शेयर धितो कर्जामा ऋण लिनेलाई मात्र जोखिम भारित औषत कम हुने स्पष्ट पारेको छ ।

त्यस्तो कर्जाका लागि १०० प्रतिशत बनाइने गभर्नर महाप्रसाद अधिकारीले बताए । शेयर धितो कर्जालगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत रहेको छ । लगानीकर्ताले यसलाई घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने माग गरिरहेका थिए । यस्तै अटो लोनमा पनि थ्रेसहोल्ड कायम गर्न खोजेको गभर्नरले स्पष्ट पारे । यता आवासीय कर्जामा मात्र १५० बाट सय बनाउन खोजिएको बताइएको छ ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । यसमा नअलमलिन अधिकारीले आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर