यस्तो छ आज विदेशी मुद्राको विनिमय दर – Nepal Press

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको खरिददर १३० रुपैयाँ ८२ पैसा र बिक्री दर १३१ रुपैयाँ ४२ पैसा रहेको छ । भने युरो एकको खरिददर १४५ रुपैयाँ ५४ पैसार बिक्री दर १४६ रुपैयाँ २० पैसामा किनबेच हुनेछ ।

हिजो डलरको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ६८ पैसा रबिक्री दर १४७ रुपैयाँ ३० पैसा रहेको  थियो । जसअनुसार अमेरिकन डलरको  खरिद  दर ० रुपैयाँ ६ पैसा  र बिक्रीदरमा पनि ६ पैसाले डलरको भाउ घटेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ८० पैसामा कारोबार हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१६  रुपैयाँ  रहेको छ भने बिक्री दर ८८.५६  रुपैयाँ  तथा  क्यानेडियन डलर एकको  खरिद दर ९९ रुपैयाँ २६ पैसा र बिक्री दर ९९ रुपैयाँ ७१ पैसामा खरिदबिक्री हुनेछ ।

जापनिज येन १० को खरिदमा ९ रुपैयाँ २३ पैसा र बिक्री दर ९ रुपैयाँ २७ पैसामा खरिदबिक्री हुँदा दक्षिण कोरिया वन १०० को खरिदमा १० रुपैयाँ १८ पैसा र बिक्रीदर१० रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

साथै, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९१ पैसा र बिक्री दर ३६ रुपैयाँ ०८ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल  एकको खरिद दर ३४.८८ रुपैयाँ  र  बिक्री दर ३५.४ रुपैयाँ , मलेसियन रिंगिट एककोखरिद  दर २८.६८  रुपैयाँरहेको छ भने बिक्री दर २८.८१ रुपैयाँ कायम गरिएको छ । र, कुवेत दिनार १ को खरिदमूल्य ४२५.९ पैसा  विक्रीदर ४२७.८६ पैसामा किनबेच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर