संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ: सभामुख घिमिरे – Nepal Press

संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ: सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् ।शुक्रवार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीयताको विषयमा प्रश्नहरु उठ्न थालेको बताएका हुन् ।

उनले संघीयता उचित भएन र संघीयताले जनताको आवश्यकता पुर्ति भएन भन्ने टिकाटिप्पणी हुन थालेको बताए । सभामुख घिमिरेले संविधानको यो व्यवस्था माथि नै छलफल हुनुपर्ने माग समेत आउन थालेको भन्दै संघ र प्रदेश सभाहरुले जनआंकाक्षा अनुरुपको ऐन, कानून बनाउनुपर्ने बताए ।

उनले भने, ‘ यो व्यवस्था वास्तवमा जनताले चाहेको व्यवस्था हो । यो व्यवस्था राष्ट्रको हितमा छ । यो व्यवस्थाले तिन तहको सरकार सञ्चालन गरिरहँदा अहिले हामी यहाँ उपस्थित संघमा, प्रदेशमा जिम्मेवारी लिएका छौँ भने स्थानीय तहमा कार्यान्वयन गर्ने शक्ति ठुलो तल जनताको बिचमा काम गरिरहेको छ । अहिले विभिन्न क्षेत्रबाट हाम्रो संघीयता उचित थिएन कि ? जनताका आवश्यकता पुर्ति भएनन् कि भन्नेखालका टिकाटिप्पणीहरु र संविधानको यो व्यवस्थामाथि छलफल हुनुपर्छ भन्ने मागहरु कताकति देखा पर्न थालिरहेको छ ।’

सभामुख घिमिरेले जनताको अपेक्षा पूरा गर्नेगरी कानून बनाउनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर