देउवालाई बलबहादुरको प्रश्न- तपाईं प्रधानमन्त्री बन्ने राजनीतिक सन्तुलन भोलिसम्म रहला ? गम्भीर भएर सोच्नुस् (भिडिओ) – Nepal Press

देउवालाई बलबहादुरको प्रश्न- तपाईं प्रधानमन्त्री बन्ने राजनीतिक सन्तुलन भोलिसम्म रहला ? गम्भीर भएर सोच्नुस् (भिडिओ)

‘केन्द्रीय समिति बैठक सभापति र महामन्त्रीबीचको द्वन्द्व बढाउने फोरम बन्यो, यसले बाहिर राम्रो सन्देश गएको छैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले गठबन्धनबाट पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने परिस्थिति नआउने आशंका व्यक्त गरेका छन् ।

जारी केन्द्रीय कार्य समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता केसीले सभापति देउवासहितका पदाधिकारीहरुलाई अहिलेदेखि नै गम्भीर भएर सोच्न आग्रहसमेत गरे ।

सभापति देउवालाई प्रश्न गर्दै नेता केसीले भने, ‘चुनावपछि हाम्रो सभापति बाहिरिने तर कांग्रेस चाहिँ सरकारमा भित्रिने कसरी भयो ? कुन फ्याक्टरले कसले दिएन सभापतिलाई प्रधानमन्त्री बन्न ? राष्ट्रपति कांग्रेसबाटै भए, प्रदेशहरुमा मुख्यमन्त्री पनि भए । तर, सभापति बाहिरिनुपर्‍यो । के भोलि राष्ट्रपति र प्रधानमन्त्री यही पार्टीको बन्नेगरी राष्ट्रिय राजनीतिको सन्तुलन रहन्छ ? अहिलेदेखि नै सोच्ने कि नसोच्ने ? सभापति र पदाधिकारीले सिरियसली सोच्नुपर्‍यो यसबारे ।’

नेता केसीले केन्द्रीय कार्य समितिको यो बैठक सभापति र महामन्त्रीबीचको द्वन्द्व बढाउने थलोमा परिणत भएको टिप्पणीसमेत गरे ।

उनले सभापति र महामन्त्रीको पक्ष विपक्षमा बहस गरेर बाहिर राम्रो सन्देश नगएको र यो बैठकले सभापति तथा महामन्त्रीबीच दूरी बढाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर