डेढ अर्ब हिनामिना आरोपमा इमेज सहकारीका सञ्चालक, प्रबन्धक र कर्मचारी जेल चलान – Nepal Press

डेढ अर्ब हिनामिना आरोपमा इमेज सहकारीका सञ्चालक, प्रबन्धक र कर्मचारी जेल चलान

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत बागलुङले आदेश दिएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश डा. दिवाकर भट्टको एकल इजलाशले सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

सहकारीले १ अर्ब ५१ करोड रुपैयाँ हिनामिना गरेको भन्दै १ हजार ४ सय ८१ जना बचतकर्ताले सहकारीका कर्मचारी र सञ्चालकसहित ११ जनाविरुद्ध अदालतमा ठगीको मुद्दा दर्ता गराएका थिए ।

उजुरीपछि सहकारी सञ्चालक चित्रबहादुर भण्डारी जेठ ३२ गते, प्रबन्धक किसान असार ११ गते र कर्मचारी रोका असार १ गते पक्राउ परेका थिए ।

सहकारीका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भने फरार छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *