काठमाडौं महानगरमा कक्षा ११ को छात्रवृत्ति पाउन ८ दिनमा १ हजार ८३ जनाले दिए आवेदन – Nepal Press

काठमाडौं महानगरमा कक्षा ११ को छात्रवृत्ति पाउन ८ दिनमा १ हजार ८३ जनाले दिए आवेदन

काठमाडौं । कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकामा १ हजार ८३ जनाले अनलाइन आवेदन दिएका छन् ।

काठमाडौं महानगरले असार २८ गते बिहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपरान्ह ०३ः३० बजेसम्ममा उक्त संख्याले अनलाइनमार्फत आवेदन दिएको हो ।

महानगरका अनुसार सबैभन्दा धेरै आवेदन विज्ञान विषयको लागि परेको छ । जसमा छात्र ५४९ र छात्रा २२७ जना छन् । विज्ञानपछि व्यवस्थापन विषयका लागि छात्र १४८ र छात्रा ९१ जनाले आवेदन दिएका छन् ।

प्राविधिक विषयका लागि २४ छात्र र १७ छात्रा, कानून विषयका लागि १६ छात्रा र ७ छात्र, मानविकी र शिक्षातर्फ एकएक छात्रछात्राले छात्रवृत्तिको लागि आवेदन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *