प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध गृहमन्त्रीका प्रेस सल्लाहकारले दिए साइबर ब्यूरोमा उजुरी – Nepal Press

प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध गृहमन्त्रीका प्रेस सल्लाहकारले दिए साइबर ब्यूरोमा उजुरी

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले फेसबुकमार्फत भ्रामक प्रचार गरेको भन्दै प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

अध्यक्ष बस्नेतले ‘आफूलाई सूचना आएको’ भन्दै २०८० साल साउन ४ गतेको फेसबुक स्टाटसमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि ‘सुन पास गराएको’ आरोप लगाएकोले उजुरी दिएको गिरीले बताएका छन् ।

गृहमन्त्री श्रेष्ठको व्यक्तिगत निष्ठा, आचरण र नैतिकतामाथि सामाजिक संजालमा अतिरन्जित भ्रम सिर्जना गरेको, सुशासन तथा गुणात्मक प्रशासनिक सुधारमा अनवरत लागेको गृह प्रशासन नेतृत्वलाई हिलो छ्याप्ने काम गरेको र गृहमन्त्रीले अगाडि बढाएका कामलाई अवरुद्ध गर्ने नियत बोकेको उजुरीमा उल्लेख छ ।

सल्लाहकार गिरीले गृहमन्त्रीप्रति झुटो र कपोलकल्पित आरोप निर्माण गर्ने बस्नेतलाई साइबर कानूनअन्तर्गत आवश्यक कारबाही गर्न साइबर ब्यूरोलाई अनुरोध गरेका गरेर आफूले उजुरी दिएको बताए ।

त्यस्तै, उनले इन्द्रप्रसाद आचार्य सम्पादक/प्रकाशक, सूर्यप्रसाद फुयाल प्रधान सम्पादक र रमण कोइराला प्रबन्ध सम्पादक रहेको मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएकिो बताएका छन् ।

 

 


प्रतिक्रिया

One thought on “प्रेस चौतारीका अध्यक्ष बस्नेतविरुद्ध गृहमन्त्रीका प्रेस सल्लाहकारले दिए साइबर ब्यूरोमा उजुरी

  1. शिक्षक कुटने गुण्डाको मुद्दा कसले फिर्ता लिएको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *