बार डान्सरमाथि बलात्कार आरोपमा इबिजा क्लबका वेटर पक्राउ – Nepal Press

बार डान्सरमाथि बलात्कार आरोपमा इबिजा क्लबका वेटर पक्राउ

काठमाडौं । ठमेलको चर्चित इबिजा क्लबका वेटर बलात्कार आरोपमा पक्राउ परेका छन् । ठमेलकै एक बारमा डान्सरका रूपमा काम गर्दै आएकी युवतीको जाहेरीका आधारमा प्रहरीले इबिजाका वेटर अमृतबहादुर अंगाईलाई पक्राउ गरेको हो ।

गोरखाका अंगाईले असार ९ गते बिहान मदिरा सेवन गरेपछि आफूलाई होटल पुर्‍याएर बलात्कार युवतीले आरोप लगाएकी छिन् । जाहेरीअनुसार जाहेरवाला आफ्नो काम सकेर रमाइलो गर्न इबिजा क्लब छिरेकी थिइन् । त्यहाँ इबिजामै काम गर्ने महिला साथीसँग भेट भएको र अंगाई तथा उनका अर्का पुरुष साथी बाहिर गएर मदिरा सेवन गरेको जाहेरीमा उल्लेख छ ।

मदिरा सेवन गरेपछि आफू घर जान खोज्दा जबर्जस्ती होटल पुर्‍याइएको र चारैजना ठमेलको एक होटलमा एउटा कोठा बुक गरेर दुईवटा कोठामा बसेको जाहेरवालाले उल्लेख गरेकी छिन् । त्यहीक्रममा दिउँसो अंगाईले आफूलाई बलात्कार गरेको जाहेरवालाको दाबी छ । यता पक्राउ परेका अंगाईले जाहेरवालासँग पहिलोपटक त्यसै दिन भेट भएको र मादक पदार्थ सेवन गरौं भनेर जबर्जस्ती गरेका कारण बिहानै मदिरा सेवन गरेको बयान दिएका छन् ।

जाहेरवालाले मदिरा धेरै सेवन गरेको र उनैले होटलमा सबैजना सँगै बस्ने भनेका कारण बसेको र आफू बिउँझदा जाहेरवाला आफू सुतिरहेको ओछ्यानमा आएर यौन सम्पर्कका लागि जबर्जस्ती गरेको उनको दावी छ । जाहेरवालाले एकपटक मात्र शारीरिक सम्पर्क राखौँ भनेकाले आफु सहमत भएको अंगाईले बयान दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *