भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाको डोजर – Nepal Press

भद्रकुमारी घले सेवा सदनमा काठमाडौं महानगरपालिकाको डोजर

काठमाडौं ।  काठमाडाैंकाे अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन काठमाडौं महानगरपालिकाको नगरप्रहरी पुगेको छ ।

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन लागेको हो । नगरप्रहरीले केही बेरमा डोजर चलाउने तयारी गरेको छ ।

नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न भनेको थियो । तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाउन लागेको हो ।

सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेकाे  थियाे ।  याे आश्रम  २०६२ सालमा  सञ्चालन गरेकाे थियाे ।

भद्रकुमारी घलेले संग्रहालयमा भएको आफनो सामान सुरक्षित साथ घरमा पुयाईदिन आग्रह गरेको नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले भने,‘उहाँ आमाले नै मलाई फोन गरे मेरो महानगरको अभियानमा मेरो समर्थन छ । मेरो सामानहरु सुरक्षित घरमा पुयाईदिनु भन्नुभएको छ । नगरप्रहरीले गाडी बोलाएर संग्रालयको सामान घरमा पुयाईदिन लागेकोछ । ’ सदनमा रहेको अनधिकृत संरचना सबै हट्ने उनले बताए ।

आजदेखि अभियान सुरु भएकाे उनकाे भनाइ  छ । यहाँ  आश्रममा बसेकाहरुलाई मानव सेवा आश्रममा पठाइने उनले बताए ।  साथै यहाँ रहेकाे  विद्यालयकाे व्यवस्थापन महानगरकाे शिक्षा विभागले गर्दैंछ  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *