आगामी मंसिर मसान्तसम्म ओएनएम गरिसक्न सबै निकायलाई सामान्य प्रशासनको परिपत्र – Nepal Press

आगामी मंसिर मसान्तसम्म ओएनएम गरिसक्न सबै निकायलाई सामान्य प्रशासनको परिपत्र

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी मंसिर मसान्तसम्म संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरिसक्न सबै निकायलाई परिपत्र गरेको छ।

मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय र निकायलाई निजामती सेवा ऐन, २०४९ तथा नियमावली २०५० र संगठन व्यवस्थापन सर्वेक्षण निर्देशिका, २०६६ एवं संगठन संरचना र दरबन्दी पुनरावलोकन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७६ अनुसार यस्तो परिपत्र गरेको हो ।

चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको बुँदा नम्बर ५० मा ‘सबै सरकारी सेवा, निकाय र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्ष नयाँ संरचना र दरबन्दी सिर्जना गरिने छैन ।

सार्वजनिक प्रशासनको विद्यमान संरचना र दरबन्दी पुनरावलोकन गरी छरितो बनाइनेछ । सम्बन्धित मन्त्रालय र निकायले आगामी आर्थिक वर्षको मंसिर महिना भित्र संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्नुपर्नेछ ।’ भन्ने उल्लेख गरिएको छ ।

त्यसैलाई कार्यान्वयन गर्नका लागि असार २९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै सबै निकायलाई परिपत्र गरेका हुन् ।

परिपत्रमा तोकिएको सीमा भित्रै संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्न परिपत्रमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *