५ लाख चन्दा नदिएपछि सुन पसलअगाडि शंकास्पद वस्तु राखेको खुलासा – Nepal Press

५ लाख चन्दा नदिएपछि सुन पसलअगाडि शंकास्पद वस्तु राखेको खुलासा

आजमात्रै ९ पटक फोन गरेर गरेका थिए पैसाको ताकेता

काठमाडौं । आफूले मागेको पैसा नदिएपछि सिनामंगलमा सुन पसलको सटर बाहिर शंकास्पद वस्तु राखेको खुलेको छ ।

६० वर्षीय मने विश्वकर्माले सञ्चालन गर्दै आएको खोटाङ हेलेसी ज्वेलर्सको सटरमुनि शङ्कास्पद वस्तु भेटिएको हो ।

अञ्जान व्यक्तिले आज मात्रै पैसा माग्नका लागि ९ पटक फोन गरेको उनले बताए । शंकास्पद वस्तु राख्ने व्यक्तिको नाम भने खुलेको छैन ।

उनले भने, ‘आज ९ पटक फोन गरेर ५ लाख मागेका थिए । ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएका थिए । मैले पैसा दिन नमानेपछि यहाँ शङ्कास्पद वस्तु राखे । ’

सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’

५ वर्षअघिबाट पसल सञ्चालन गर्दै आएका विश्वकर्मासँग यसअघि गत वर्षपनि २ जना पसलमा नै आएर पैसा मागेको खुलेको छ । पसल सञ्चालक विश्वकर्माले प्रहरीलाई खबर गर्ने बताए पनि उनीहरू भागेका थिए ।

अहिले त्यो क्षेत्र प्रहरीको नियन्त्रणमा छ । शङ्कास्पद वस्तु डिस्पोजलका लागि नेपाली सेनाको टोली त्यसतर्फ गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *