क्राइमिया आक्रमणमा बेलायतको सहभागिता हुनसक्छ : रुसी कूटनीतिज्ञ – Nepal Press

क्राइमिया आक्रमणमा बेलायतको सहभागिता हुनसक्छ : रुसी कूटनीतिज्ञ

काठमाडौं । सोमबार रुस क्राइमिया जोड्ने क्राइमिया पुलमा भएको युक्रेनी ड्रोन हमलामा बेलायतको हात भएको रुसी कुटनीतिज्ञले बताएका छन् ।

सोमबार भएको हमलामा एक दम्पतीको मृत्यु भएको थियो भने उनीहरुको एक नाबालक छोरी घाइते भइकी थिइन् । रुसको संयुक्त राष्ट्रसंघस्थित रुसका सहायक स्थानीय प्रतिनिधि दिमित्रि पोल्यास्न्कीले यस्तो आरोप लाएका हुन् ।

रुसी सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेअनुसार उनले सोमबारै यस्तो बताएका हुन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको युक्रेनी ब्रिफिङमा बोल्दै पोल्यास्न्कीले क्राइमिया पुलमा बेलायती गुप्तचरहरुको हात भएको हुनसक्ने बताएका छन् ।

सोमबारको युक्रेनी ड्रोन आक्रमण परेको क्राइमिया पुल आंशिक संचालनमा आएको छ । पुलमा केही समस्या भएपनि पिलरमा केही नभएको पुटिनले सार्वजनिक अभिव्यक्ति दिएका छन् । युक्रेनी ड्रोन आक्रमणको बदलामा रुसले मंगलबारै युक्रेनी हतियार डिपोमा हमला गरेको छ ।

हवाइ हमलामा परेर क्राइमिया पुलमा आक्रमण प्रयोग भएको हतियार भण्डारण ध्वस्त भएको रुसले दाबी गरेको छ । रुसले क्राइमिया पुलमा भएको आक्रमणलाई आतंकाकारी हमला भनेको छ ।

सन् २०१४ मा जनमत संग्रहबाट रुसमा गाभिनु अगाडि क्राइमिया युक्रेनी भूमि थियो । रुसी भाषा बोल्ने बाहुल्य भएको क्राइसिमा रुसमा गाभिएपछि रुसले क्राइमिया रुस जोड्ने पुल सन २०१९ डिसेम्बरमा निर्माण सम्पन्न गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर