एक वर्षपछि सानेपामा अघि बढेका कांग्रेस नेताका पाइला (तस्बिरहरू) – Nepal Press

एक वर्षपछि सानेपामा अघि बढेका कांग्रेस नेताका पाइला (तस्बिरहरू)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति अब केहीबेरमा सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ । बैठकका लागि अहिले नेताहरू आउने क्रम जारी छ । एक वर्षपछि बोलाइएको केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको छ ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तयार पारेको थियो । कांग्रेसले सभापति शेरबहादुर देउवाको प्रस्तावमा पहिलो पटक बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी छ ।

बैठकमा समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासन, सांगठनिक कार्य योजना, विभाग गठन, निर्वाचन र सरकारको समीक्षा हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर