राप्रपा अध्यक्ष लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादक टोलीको भेट – Nepal Press

राप्रपा अध्यक्ष लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादक टोलीको भेट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को टोलीबीच सोमबार भेटवार्ता भएको छ।

इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्की लगायतका पदाधिकारी सदस्यहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगी अध्यक्ष लिङ्देनसँग ऊर्जा क्षेत्रका विविध विषयमा कुराकानी गरेका छन् ।

अध्यक्ष लिङ्देनले हालैको अधिवेशनबाट निर्वाचित इप्पानको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएको राप्रपाले जनाएको छ।

भेटमा नेपालमा विद्युत् उत्पादनको क्षेत्रमा रहेका समस्या र सम्भावनाका बारेमा छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

ऊर्जामन्त्रीको छोटो कार्यकालमै पनि ऊर्जा क्षेत्रको समस्याको पहिचान गरी त्यसको समाधानको प्रयास शुरु गरेकोमा इप्पान टोलीले लिङ्देनलाई धन्यवाद दिएका छन् ।

‘विद्युत् खरिद सम्झौता स्वतन्त्र ऊर्जा उत्पादकहरूका लागि घाँटीमा अड्किएको हड्डीको रूपमा रहेको थियो, तपाईँले आफ्नो छोटो समयमा पनि सम्झौता अघि बढाएर ऊर्जा उत्पादकहरूलाई गुन लगाएको र लगानीको सुनिश्चितता प्रदान गर्नुभएको छ’ लिङ्देनलाई इप्पान टोलीले भनेको छ।

त्यस अवसरमा लिङ्देनले मन्त्रालयको नेतृत्वमा इमानदारिता र इच्छाशक्ति हुने हो भने नेपालमा ऊर्जा क्षेत्रको विकास मार्फत देशको कायापलट गर्न सकिने आफ्नो विश्वास रहेको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर