कांग्रेस पदाधिकारी बैठक : केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव (भिडिओ) – Nepal Press

कांग्रेस पदाधिकारी बैठक : केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको भोलिदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा लाइभ गर्नुपर्ने कुरा उठेको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकमा देउवाले नै लाइभको प्रस्ताव गरेको नेता शशांक कोइरालाले बताए ।

उनका अनुसार केही नेता लाइभको पक्ष र केही विपक्षमा उभिएका छन् ।

‘केन्द्रीय समिति बैठकको लाइभ गर्न सभापतिजीले प्रस्ताव गर्नुभो । लाइभ हुनेबित्तिकै नेताले आफ्नो हृदयबाट बोल्दैनन् । भोलिको दिन गरेर हेरौं भन्ने भयो त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने/नदिने भन्ने कुरा भएको छ ।’

कोइरालाले बैठकमा प्रतिवेदन पेश भएपछि संघदेखि स्थानीय सरकारसम्मका कामकारबाहीको समीक्षा हुने बताए । नीति महाधिवेशनबारे अहिलेसम्म टुंगो नलागेको उनको भनाइ छ ।

‘बर्खापछि गर्ने कि भनेर चर्चा भएको हो । यही मितिमा गर्ने भन्ने ठ्याक्कै छैन’, शशांकले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर