सारुकले काम गरिरहेकाे ‘ह्यासट्याग माया’का निर्देशक र निर्मातालाई प्रहरीले बोलायो – Nepal Press

सारुकले काम गरिरहेकाे ‘ह्यासट्याग माया’का निर्देशक र निर्मातालाई प्रहरीले बोलायो

कलाकारसँग पनि सोधपुछको तयारी

काठमाडौं । कलाकार सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले उनले काम गरिरहेको ‘ह्यासट्याग माया’सँग सम्बन्धित व्यक्तिहरुलाई बोलाएको छ ।

स्रोतका अनुसार सोमबार निर्देशक र निर्माता राजिव गुरूङलाई सोधपुछका लागि बोलाइएको छ । फिल्मका कलाकारलाई पनि बोलाउने तयारी प्रहरीको छ ।

‘सारुक पछिल्लो समय ह्यासट्याग मायामा काम गरिरहनु भएको र घटना हुनुअघि सोही फिल्मको सुटिङ भइरहेकाले उहाँहरुसँग बुझ्ने काम भइरहेको छ’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् । यो फिल्ममा नायिका नम्रता श्रेष्ठले पनि काम गरिरहेकी छन् ।

ह्यासट्याग मायाका लागि बुढानिलकण्ठमा भाडामा लिइएको घरमा नम्रता, सारुकसहित फिल्मसँग आबद्ध अन्य व्यक्तिहरु बस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

असार तेस्रो साता सारुक फिल्म सुटिङबाट फर्किएपछि कालोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *