अध्यागमनको अर्को विज्ञप्ति- श्रम समस्या समाधान गर्न समन्वय र सहकार्यका लागि प्रतिबद्ध छौं – Nepal Press

अध्यागमनको अर्को विज्ञप्ति- श्रम समस्या समाधान गर्न समन्वय र सहकार्यका लागि प्रतिबद्ध छौं

काठमाडौं । वैदेशिक रोजगारीमा जान लागेका नेपाली श्रमिकलाई अध्यागमनले फर्काएको विषयमा सरकारका दुई निकायबीच नै आरोपप्रत्यारोप भइरहँदा अध्यागमन विभागले पुन: अर्को विज्ञप्ति निकालेको छ ।

केही दिनअघि कुवेत उड्न लागेका ११७ जना श्रमिकलाई अध्यागमनका कर्मचारीले कागज नपुगेको भनी फर्काएका थिए । यस सम्बन्धमा वैदेशिक रोजगार विभाग र अध्यागमन विभागको फरकफरक भनाइ सार्वजनिक भएको थियो ।

अध्यागमन विभागका निर्देशक खिमराज भुसालले सोमबार अर्को एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभागले हिजो निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएको छ ।

‘नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ बमोजिम कार्यक्षेत्र तोकिएका विषयमा तत् तत् निकायको जिम्मेवारी भित्र पर्ने विषयमा विभाग प्रवेश गर्ने कुनै मनसाय नभएको र प्रचलित कानूनले दिएको आ- आफ्नो कार्यक्षेत्रभित्र रही कार्य सम्पादन गर्ने विषयमा अध्यागमन विभाग पूर्ण प्रतिबद्ध रहेको छ’, अध्यागमनको विज्ञप्तिमा उल्लेख छ ।

यो पनि पढ्नुस् : एयरपोर्टमा सेटिङ नमिल्दा श्रमिकलाई सास्ती, अध्यागमनका कर्मचारीले श्रम विभागमा थर्काए

अध्यागमनले वैदेशिक रोजगार ऐन, नेपाल राजपत्रमा प्रकाशित सूचना र विभिन्न समयको निर्ण प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतबद्धता जनाउँदै श्रम समस्याहरूलाई सरोकारवाला निकायबीच आपसी छलफल, समन्वय र सहकार्यको आधारमा समाधान गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

अध्यागमन विभागले नेपाली कामदार रोकिएको समाचारमा ध्यानाकर्षण भएको भन्दै उनीहरूले पेश गरेको कागजात शंकास्पद लागेर फर्काइएको प्रष्टीकरण दिएको थियो । रोजगारीका लागि विदेश जाने यात्रुहरूका लागि अध्यागमनले ४ वटा शर्तसमेत अघि सारेको छ ।

वैदेशिक रोजगार विभागले भने श्रम स्वीकृति/सम्झौताको अन्तिम निर्णय अधिकार आफूहरूको भन्दै यो विषयमा अध्यागमन विभाग प्रवेश गर्न उपयुक्त नहुने प्रष्ट्याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर