सप्तकोशी किनारामा तीन युवतीमाथि निर्घात कुटपिट- एक युवती पक्राउ, चारजना फरार (भिडिओ) – Nepal Press

सप्तकोशी किनारामा तीन युवतीमाथि निर्घात कुटपिट- एक युवती पक्राउ, चारजना फरार (भिडिओ)

विराटनगर । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोशी नदी किनारमा तीनजना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । दुई समूहबीच विवाद भएको प्रहरीको भनाइ छ ।

सप्तकोशी किनारमा युवतीहरूको समूहले किशोरीहरूको अर्को समूहमाथि निर्घात कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा बाहिरिएपछि घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

अरू चारजना फरार रहेको र उनीहरूको खोजी भइरहेको राईले जानकारी दिए । गत शुक्रबार सप्तकोशी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँचजना युवतीको समूहले तीनजना युवतीमाथि निर्घात कुटपिट गरेको घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


प्रतिक्रिया

One thought on “सप्तकोशी किनारामा तीन युवतीमाथि निर्घात कुटपिट- एक युवती पक्राउ, चारजना फरार (भिडिओ)

  1. यो कुकुर्नी हरुलाइ कडा भन्दा कडा सजाए होस। समाजमा हिंसाको कुनै स्थान छैन। प्रहरीले घरेलु हिंसामा कुनै मिलापत्रको प्रयास नगरोस । यस्ता छाडा केटाकेटी समाजका कलन्क हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर