बंगलादेशको बूढीगंगा नदीमा वाटर बस पल्टिँदा चारको मृत्यु, कयौँ बेपत्ता – Nepal Press

बंगलादेशको बूढीगंगा नदीमा वाटर बस पल्टिँदा चारको मृत्यु, कयौँ बेपत्ता

ढाका । बंगलादेशको ढाका नजिक बूढीगंगा नदीमा रहेको केरानीगञ्जको तेलघाट क्षेत्र नजिक पानी बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

प्राप्त जानकारीका अनुसार आइतबार राति करिब ८ः१५ बजे ढाकाको सदरघाटबाट तेलघाटतर्फ जाँदै गरेको वाटरबस बालुवाको ढिस्कोमा ठोक्किए पछि उक्त घटना भएको हो ।

दमकलको तीन वटा युनिट र कोस्ट गार्डको उद्धार टोली घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । ढाका ट्रिब्यूनले फायर सर्भिसका अधिकारीहरूलाई उद्धृत गर्दै चार जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनाको समयमा जहाजमा रहेका आठ जनालाई उद्धार गरिएको छ। तर, जहाजमा सवार धेरै यात्रु अझै बेपत्ता छन् ।

उद्धार गरिएका आठ जनामा ​​चार पुरुष, तीन महिला र एक बालबालिका रहेका छन् । सर सलिमुल्लाह मेडिकल कलेज अस्पतालका निर्देशक ब्रिगेडियर जनरल रसिद अन नाबीले मृतकको शव सार्ने प्रक्रिया जारी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर