दोस्रो खेलमा बंगलादेशविरुद्ध नेपाल टाइब्रेकरमा विजयी, जित्यो श्रृंखला – Nepal Press

दोस्रो खेलमा बंगलादेशविरुद्ध नेपाल टाइब्रेकरमा विजयी, जित्यो श्रृंखला

काठमाडौं । बंगलादेशसँगको दुई खेलको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल श्रृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय टोली विजयी भएको छ ।

नेपालले बंगलादेशलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गरेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । योसँगै नेपालले दुई खेलको श्रृंखला जितेको छ ।

यसअघि घरेलु टोलीसँग भएको पहिलो खेलमा नेपालले १-१ गोलको बराबरी खेलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर