विशेष अदालतले एक वर्षमा असुल्यो साढे ७१ करोड धरौटी, कस्तो छ मुद्दा फर्स्यौटको अवस्था ? – Nepal Press

विशेष अदालतले एक वर्षमा असुल्यो साढे ७१ करोड धरौटी, कस्तो छ मुद्दा फर्स्यौटको अवस्था ?

२१ वर्षपछि विशेष अदालतको नियमावली आउँदै

काठमाडौं । विशेष अदालतले विशेष अदालत नियमावलीको तर्जुमा अन्तिम चरणमा पुगेको बताएको छ । आइतबार विशेष अदालतले पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा विशेष अदालतको नियमावली तर्जुमा सर्वोच्च अदालत, कानून मन्त्रालय, मन्त्रीपरिषद् हुँदै विधायन व्यवस्थापन समितिमा विचाराधिन रहेको र सम्भवतः यही हप्तामा राजपत्रमा प्रकाशित हुने अपेक्षा गरेको विशेष अदालतका रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताउनु भयो । उहाँले लगभग २१ वर्षपछि विशेष अदालतको नियमावली आउन लागेको बताए ।

उनले भने,‘विशेष अदालत नियमावलीको तर्जुमा अन्तिम चरणमा छ । सर्वोच्च अदालत, कानून मन्त्रालय, मन्त्रीपरिषद् हुँदै विधायन व्यवस्थापन समितिमा विचाराधिन छ, सम्भवतः यही हप्तामा राजपत्रमा प्रकाशित हुनेछ । लगभग २१ वर्षपछि विशेष अदालतको नियमावली आउँदै गरेको हो ।’

आर्थिक वर्ष २०७९/०८० मा ७१ करोड ५० लाख ११ हजार ६२६ रुपैयाँ ७२ पैसा जम्मा गरेको बताएको छ । अदालतको पत्रकार सम्मलेनमा बोल्दै रजिष्ट्रार क्षेत्रीले विशेष अदालतले आर्थिक वर्ष २०७९/०८० मा ७१ करोड ५० लाख ११ हजार ६२६ रुपैयाँ ७२ पैसा धरौटी जम्मा गरेको बताए । १५ लाख २५ हजार ३०३ रुपैयाँ ४५ पैसा राजश्व दाखिला भएको  उनले बताए ।

उनले भने‘धरौटी ७३ करोड २७ लाख ९२ हजार ५२२ रुपैयाँ ७७ पैसा जम्मा गरेको छ । १ करोड ७७ लाख ८० हजार ८९६ रुपैयाँ ५ पैसा बाँकी छ । विशेष अदालतले जम्मा गरेको धरौटी ७१ करोड ५० लाख ११ हजार ६२६ रुपैयाँ ७२ पैसा छ । १५ लाख २५ हजार ३०३ रुपैयाँ ४५ पैसा राजश्व दाखिला गरेका छाै‌। बेरुजु शुन्य छ ।’

दुई वर्ष नाघेका तीन सय २४ जम्मा लगतमध्ये २१७ फस्र्यौट भइसकेको र बाँकी १०७ रहेको छ ।

उनका अनुसार १८ महिनादेखि २ वर्ष सम्मका ३८ थान जम्मा लगतमध्ये १९ थान फस्र्यौट भइसकेको छ । बाँकी १९ रहेको छ । एक वर्षदेखि १८ महिनाभित्र ९१ थान लगतमध्ये १७ फस्र्यौट भएको छ, ७४ बाँकी छ । ६ महिनादेखि १ वर्षसम्म ७७ थान जम्मा लगत छ, १५ थान फस्र्यौट भएकाले ६२ थान मुद्दा बाँकी छन् ।

६ महिना भित्रका ९९ थान लगतमध्ये १ थान फस्र्यौट भएको छ, ९८ थान मुद्दा बाँकी छन् । यसरी हेर्दा ६२९ जम्मा लगतमध्ये २६९ फैसला भएको छ र ३६० बाँकी छ । हाम्रो वार्षिक लक्ष्य ५९० थियो, त्यसरी हेर्दा ४६ प्रतिशत मुद्दा फस्र्यौट भएको अवस्था छ । गैरकानूनी सम्पती ४७ लगतमध्ये फस्र्यौट १९ थान भएको छ, सो मध्ये ६ थान ठहर भएको छ, २ आंशिक ठहर, ११ सफाइ गरी बाँकी २८ थान विचाराधिन छन् ।

घुस रिस्वततर्फ ११७ मध्ये ५५० फस्र्यौट भएको छ, सोमध्ये २२ ठहर, ६ आंशिक ठहर, २२ सफाइ भएको छ । बाँकी ६७ थान मुद्दा विचाराधिन छन्, निर्णयगत अनियमिततातर्फ ३७८ लगतमध्ये १४७ फस्र्यौट भएको छ, ४७ ठहर, ५४ आंशिक ठहर, ४६ सफाइ, बाँकी २३१ छन् ।

यसैगरी नक्कली प्रमाणतर्फ ४८ लगतमध्ये ४० फस्र्यौट भएको छ, ३७ ठहर भएको छ, एक आंशिक ठहर भएको छ, २ सफाइ र २ मध्ये एक मुद्दा खारेज भएको छ हदम्यादको कारणले । सम्पती शुद्धिकरणतर्फ ३९ लगतमध्ये १३ थान फस्र्यौट भएको छ, पूरा ठहर शुन्य छ, आंशिक ठहर १२ छ, सफाइ मात्र एक छ । २६ थान विचाराधिन छ ।

यसरी हेर्दा ५२९ लगतमध्ये २६९ फस्र्यौट भएको छ, ११२ ठहर भएको छ, अर्थात् ४३ प्रतिशत हुन आउँछ, ७५ आंशिक ठहर, यो २८ प्रतिशत हुन आउँछ र सफाइ ३० प्रतिशत भएको छ । २६९ थान मुद्दा फैसला भएकोमा ४४ थान मुद्दा मात्रै फैसला तयार गर्न बाँकी छन् । ‘अरु सबै फैसला तयार भएर अपलोड गर्न मात्रै बाँकी छ ।’ उनले भने । २०७६ असार सम्मका सबै मुद्दा सक्याउने लक्ष्य लगभग कार्यान्वयन भएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *