सिटिजन्स इन्सुरेन्सको आईपीओ बिक्री खुला – Nepal Press

सिटिजन्स इन्सुरेन्सको आईपीओ बिक्री खुला

काठमाडौं । सिटिजन्स लाइफ इन्सुरेन्सको आईपीओ खुलेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरिएको हो ।

इन्सुरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रूपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ । जसको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता शेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको छ । प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रूपैयाँ प्रिमियम थप गरेर २४४ रूपैयाँ दरमा आईपीओ जारी गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने बताइएको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले सिटिजन्स लाइफको आईपीओलाई ‘इक्राएनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत आईपीओ भर्न सकिनेछ। आइपीओको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

वैदेशिक रोजगारीमा रहेकालाई शेयर बाँडफाँट गरेपश्चात् सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ५% अर्थात ५,६२,५०० कित्ता छुट्टाई बाँकी रहने नब्बे लामख कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गरिनेछ । साथै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुका लागि छुट्टाइएको शेयर सम्पूर्ण बिक्री नभएमा बिक्री नभए बराबरको शेयर समेत समायोजन गरी सर्व साधारणमा निष्कासन गरिनेछ ।

यस कमपनीको प्रतिशेयर आम्दानी गत वर्ष (२०७८/७९) २१.४९ रुपैयाँ रहेको थियो । तर, यो पटक चैत मसान्तसमम घटेर ६ रुपैयाँ ८८ पैसा कायम भएको थियो । यो आर्थिक वर्ष सकिँदासम्म कम्पनीको प्रतिशेयर आम्दानी १६. ३१ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीले गरेको छ ।

यस कम्पनीमा सवारीसाधनको डिलरसीप व्यवसायमा आवद्ध (अग्नि इनकर्पोरेट) अनुजा लक्ष्मी धिताल, क्याबिनेट श्रेष्ठ, फिस्टेल एयर प्रालिमा अध्यक्षको रूपमा कार्यरत विकाश जबरा, प्रमुख कार्यकारी अधिकृतको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक लि.मा कार्यरत ज्योतिप्रकाश पाण्डे, कान्तिपुर पब्लिकेसनलगायत संस्थापक शेयरधनी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर