इजरायलका राष्ट्रपतिले अमेरिकी सदनमा गर्ने सम्बोधन प्रगतिशील सांसदहरूले बहिस्कार गर्ने – Nepal Press

इजरायलका राष्ट्रपतिले अमेरिकी सदनमा गर्ने सम्बोधन प्रगतिशील सांसदहरूले बहिस्कार गर्ने

काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगको अमेरिकी सदनमा हुने सम्बोधन अमेरिकी सदनका प्रगतिशील सांसदहरूले बहिस्कार गर्ने भएका छन् ।

आगामी जुलाई २८ मा अमेरिकाको भ्रमणमा हुने राष्ट्रपति हर्जोगले २९ जुलाईमा अमेरिकी सदनमा सम्बोधनको कार्यक्रम रहेको छ ।

इजरायले आफ्नो देशमा प्यालेस्टाइनीहरुलाई रंगभेदी व्यवहार र हिंसा गरेको भन्दै त्यस्तो देशको प्रमुखले अमेरिकी सदनमा सम्बोधन गर्नु वाञ्छनीय नहुने भन्दै प्रगतिशील सांसदहरूले बहिस्कार गर्ने घोषणा गरेका छन् ।

बहिस्कार गर्नेहरुमा अमेरिकी सत्ताधारी दल डेमोक्रेटिक पार्टीका सांसदहरू कोरि बुस, इसान ओमार, अलेक्जाड्रिया ओकासियो र जमल बोमान रहेका छन् ।

कंग्रेसनल प्रोग्रोसिब ककस नामक अमेरिकी सांसदहरूले समूहमा रहेका ती सांसदहरूले इजरायली राष्ट्रपतिले सम्बोधन गर्न नहुने बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कालमा इजरायल अमेरिका सम्बन्ध धेरै राम्रो थियो । जो बाइडेन युगमा आएपछि त्यो कमजोर भएको छ ।

केहि समय अगाडि इजरायलले चार हजार घर बनाएर वेस्ट बैंकमा नयाँ बस्ती बनाउने निर्णयको विपक्षमा अमेरिका थियो ।

यस्तै पछिल्लो समयमा प्रधानमन्त्री भएपछि इजरायलका कार्यकारी प्रमुख बेन्यामिन नेतान्याहुलाई अमेरिकाले राजकीय भ्रमणको निम्तो दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *