ठमेल कुटपिट प्रकरण : गुण्डा नाइके सानुभाइसहित ५ जना पक्राउ – Nepal Press

ठमेल कुटपिट प्रकरण : गुण्डा नाइके सानुभाइसहित ५ जना पक्राउ

काठमाडौं । प्रहरीले ठमेलका नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिट गर्ने युवराजसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट ककनीका ३३ वर्षीया युवराज गुरुङ (सानुभाइ), टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङ रहेका काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनीहरुलाई परिसरकाे टाेलीले आज मुग्लिनबाट फलो गर्दै थानकोटमा आइपुगेर समातेको हो ।

उनीहरूमाथि रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रुपैयाँको खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट तथा तोडफोड गर्ने गरेकाे आरोप छ ।

याे पनि पढ्नुस्: ठमेलमा फर्किँदै गुण्डाराज, गुण्डा नाइकेबाट यसरी कुटिन्छन् व्यवसायी र कामदार (भिडिओ)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर