पञ्चायत ढलेपछि तीन वर्षको अन्तरालमा कम्तिमा ५० पटक पक्राउ परेँ : ओली (भिडिओ) – Nepal Press

पञ्चायत ढलेपछि तीन वर्षको अन्तरालमा कम्तिमा ५० पटक पक्राउ परेँ : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेले पञ्चायत ढलेपछिको तीन वर्षको अन्तरालमा आफू कम्तिमा ५० पटक पक्राउ परेको बताएका छन् । मानव अधिकार एलायन्सको कार्यक्रमलाई सम्बोधन गर्दै मनमोहनदेखि वामदेव गौतमसम्म कुटिएको स्मरण गरे ।

उनले भने, ‘०४८ सालदेखि ५१ सालसम्म पञ्चायत ढलेको बेलामा म प्रतिपक्ष दलको एउटा सांसद थिएँ । कम्तिमा ५० पटक तीन वर्षको बीचमा म गिरफ्तारमा परेँ । कम्तिमा ५० पटक । शान्तिपूर्ण जुलुसमा सडकमा देखिन नहुने आयो च्याप्प समायो भ्यानमा कोचकाच पारेर लगिहाल्छ । मनमोहन अधिकारी पिटिनुभयो । वामदेव गौतमलाई भद्रकालीको छेउमा छेकेर सरकारले पिट्यो सडकमा । अरु नेता पिटिनुभयो ।’

एमालेका ३० हजारभन्दा बढी कार्यकर्तालाई तीन वर्षको बीचमा मुद्दा लागेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर