भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, १८ मिनेट उडेपछि काठमाडौंमै गरियो ल्याण्ड – Nepal Press

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या, १८ मिनेट उडेपछि काठमाडौंमै गरियो ल्याण्ड

काठमाडौ । बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको ९एन एएनप कलसाइन भएको जहाज पुनः काठमाडौं त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ ।

शुक्रबार ६६ जना यात्रु लिएर भद्रपुरका लागि १ः५३ मा उडेको जहाज १५ माइल (२४ किलोमिटर) उडेपछि इन्डिकेशनमा समस्या देखिएको थियो । सोलगत्तै २ः१० बजे पुनः काठमाडौं फर्किएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनले भने, ‘इन्डिकेशनमा समस्या देखिएको भनिएको छ, के भएको हो सोबारे इन्जिनियरहरुले हेरीरहेका छन् ।’

सो जहाजमा रहेको यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको सिटौलाले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *