सांस्कृतिक समाज नेपालको अध्यक्षमा अवस्थी चयन – Nepal Press

सांस्कृतिक समाज नेपालको अध्यक्षमा अवस्थी चयन

काठमाडौं । कैलाली सांस्कृतिक समाज नेपालको अध्यक्षमा राम प्रसाद अवस्थी चयन भएका छन् । काठमाडौँमा सम्पन्न पहिलो अधिवेशनमार्फत अध्यक्षमा अवस्थी चयन भएका हुन् ।

यस्तै, उपाध्यक्षमा महेश कुमार औजि, महासचिवमा अमृत खाती, सचिवमा विपिन किरण, कोषाध्यक्षमा जमुना गौतम चयन भएका हुन् ।

सदस्यमा पूर्णकला बिसी,शोभा थापा, दिपा रोकाया, हेमन्ता भट्टराई, आयुस्मा कार्की,रोजिक कुँवर, सुनिल नेपाली, सुजाता केसी र निरुता खत्री चयन भएका हुन् । नन्दकृष्ण जोशीको संयोजकत्वमा सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यमा यज्ञराज उपाध्याय चन्द्र शर्मा, लोकेन्द्र साउद र पदम रोकाया रहेका छन् ।

पूर्वमन्त्री छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाच घर जमलमा कार्यसमिति र सल्लाहकार समितिका पदाधिकारीहरूलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने र देशव्यापी जागरण ल्याउने उद्देश्यले सांस्कृतिक समाज गरिएको अध्यक्ष अवस्थीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर