ट्रोल गर्नेहरुसँग सिसन बानियाँको आग्रह- मेरो ‘एक्स’ लाई नराम्रो नभन, सबैले सहन सक्दैनन् – Nepal Press

ट्रोल गर्नेहरुसँग सिसन बानियाँको आग्रह- मेरो ‘एक्स’ लाई नराम्रो नभन, सबैले सहन सक्दैनन्

काठमाडौं । भ्लगर सिसन बानियाँ पछिल्लो समय टिकटकमा अत्यधिक ‘ट्रोल’ भइरहेका छन् । पूर्वमिस नेपाल श्रृंखला खतिवडासँग नाम जोडिएपछि लाइमलाइटमा आएका उनी श्रृंखलाको विवाह चर्चासँगै ‘ट्रोल’को शिकार बनेका हुन् ।

श्रृंखला मिस नेपालपछि मिस वर्ल्डमा भाग लिने क्रममा सिसनले धेरै सहयोग गरेका थिए । त्यसयता उनीहरुबीच अफेयर रहेको चर्चा चल्दै आएको थियो । टिकटकमा आएका धेरै भिडिओहरुले पनि गसिपलाई मलजल ग¥यो । यद्यपि उनीहरु दुवैले आफूहरुको प्रेम सम्बन्ध रहेको सार्वजनिक स्वीकारोक्ति भने गरेका थिएनन् ।

केही समयअघि देखि श्रृंखला र सिसन टाढिएका छन् । उनीहरु दुवैको नाम फरक फरक व्यक्तिसँग जोडिन थालेको छ । श्रृंखलाले कान्तिपुर पब्लिकेसन्सका सम्भव सिरोहियासँग विवाह गर्न लागेको खबरले बजार तताएको छ । त्यससँगै सिसन र श्रृंखलाका पुराना फोटो-भिडियो राखेर ट्रोल गर्न थालिएको हो । केही दिनअघि श्रृंखलाले एउटा स्टाटस लेख्दै सामाजिक सञ्जालप्रति आफ्नो असन्तुष्टि पोखेकी थिइन् ।

अहिले सिसनको एउटा अडियो टिकटकमा भाइरल भइरहेको छ । सो अडियोमा उनले आफूहरुमाथि भइरहेको ट्रोललाई लिएर गुनासो गरेका छन् । उनले श्रृंखलाको नाम नलिइकन आफ्नो ‘एक्स’ लाई नराम्रो नभन्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘मजाक गर्नुस्, उडाउनुस्, म त्यसलाई तपाईंको रचनात्मक हिसाबले सम्मान गर्छु । तर, त्यो मजाक र नकारात्मक टिप्पणीहरूले मान्छेमा अर्कै प्रभाव पारिरहेको हुन्छ ।’

‘मलाई च्यालेन्ज गर, मलाई भन । म सहिदिन्छु । सहनलाई त म प्रो-म्याक्स हो । म सहन सक्छु । ट्रोल लिन सक्छु । तर, सबैले लिन सक्दैनन् । मेरो एक्सलाई केही नभन्नु ।’

‘ऊ नेपाललाई चाहिने मान्छे हो, ऊ सबैलाई चाहिने मान्छे हो । पढेलेखेर कस्तो दामी मान्छे भइसक्यो । ऊ सहानुभूति भएको मान्छे हो । हामी सबै सामाजिक सञ्जालबाट जज गर्दिन थाल्यौं धेरै । सी इज सच अ ब्युटिफुल पर्सन’, उनले जोडेका छन् ।

कसैसँग अनलाइन दुर्व्यवहार र मानसिक स्वास्थ्यको बारेमा कुरा गर्ने क्रममा उनले यी कुराहरु गरिरहेका थिए । त्यसको अडियो रेकर्ड गरेर कसैले टिकटकमा हालेका हुन् । उनको भनाइलाई धेरैले समर्थन गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “ट्रोल गर्नेहरुसँग सिसन बानियाँको आग्रह- मेरो ‘एक्स’ लाई नराम्रो नभन, सबैले सहन सक्दैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर