विपद्मा ढिलो नगरी उद्धार र राहतमा खटिन सुदूरपश्चिम मुख्यमन्त्रीको निर्देशन – Nepal Press

विपद्मा ढिलो नगरी उद्धार र राहतमा खटिन सुदूरपश्चिम मुख्यमन्त्रीको निर्देशन

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा हुन सक्ने सम्भावित विपद्का विषयमा चनाखो रहन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले सरकारका निकायहरूलाई विपद्बाट हुने क्षति रोक्न, उद्धार र राहतमा कार्यमा खटिन निर्देशन दिएका हुन् ।

मनसुन सुरु भइसकेको हुँदा प्रदेशमा प्राकृतिक प्रकोपका घटना घट्न सक्ने भन्दै मुख्यमन्त्री शाहले चिन्ता व्यक्त गरेका थिए ।

उनले यस्तो अवस्थामा ढिलो नगरी उद्धार र राहतका लागि खटिन निर्देशन दिएका हुन् ।

बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रदेश प्रमुखहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूलाई मुख्यमन्त्री शाहले विपद् जोखिम प्रतिकार्य तथा पूर्वतयारीमा रहन निर्देशन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *