प्रधानमन्त्री प्रचण्डलाई मोदीले दिए समवेदना – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई मोदीले दिए समवेदना

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन् ।  मोदीले  ट्विट गर्दै सीता दाहाललाई श्रद्धाञ्जली दिएका हुन् ।

मोदीले दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताएका छन् ।उनले प्रधानमन्त्री दाहाललाई मेन्सन गर्दै उनीप्रति समवेदना प्रकट गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्,श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।

@cmprachandaप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु ।

ॐ शान्ति।’
दाहालको आज बिहान साढे ८ बजे निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर