टीकापुरमा दुई युवामाथि खुकुरी प्रहार, प्रहरीले दोषी संरक्षण गरेको आरोप – Nepal Press

टीकापुरमा दुई युवामाथि खुकुरी प्रहार, प्रहरीले दोषी संरक्षण गरेको आरोप

कैलाली । कैलालीको टीकापुरमा दुई युवा माथि खुकुरी प्रहार गरिएको छ ।

नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीलाई खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

खुकुरी प्रहारबाट खड्का ओली घाइते छन् । पाखुरामा खुकुरी र रड प्रहार गरिएको खड्काले बताए ।

अहिले सम्म प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै खड्काले प्रहरीकै संरक्षणमा पछिल्लो समय टिकापुरमा आपराधिक क्रियाकलाप बढिरहेको आरोप लगाए ।

‘हामी संगठन विस्तर गरेर फर्किँदै थियौँ ज्यान मार्ने उद्देश्यले हामी माथि आक्रमण गरियो ’ खड्काले भने ‘जयन्द्र शाहको निर्देशनमा आक्रमण गरिएको हो । प्रहरीले उनीहरूलाई संरक्षण गरिएको छ ।’

डिएसपी तुल्सिराम अर्याल र इन्स्पेक्टर सुरज खड्काको मिलेमतोमा शाहले खुकुरी प्रहार गरेको खड्काले आरोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *