सामुदायिक विद्यालयका छात्राहरुलाई गाउँपालिकाले बाड्याे ८ सय ५१ वटा साइकल – Nepal Press

सामुदायिक विद्यालयका छात्राहरुलाई गाउँपालिकाले बाड्याे ८ सय ५१ वटा साइकल

रुपन्देही ।कपिलवस्तुको दक्षिण क्षेत्रमा पर्ने शुद्धोधन गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययरत ८ सय ५१ जना छात्राहरुलाई साइकल हस्तान्तरण गरिएको छ । ७ विद्यालयका ८ देखि १२ कक्षामा अध्ययनरत छात्राहरुलाई पठनपाठनमा सहजताका बनाउनका लागि निःशुल्क साइकल वितरण गरिएको हो ।

छात्राहरुलाई विद्यालय जान प्रोत्साहन दिनका लागि साइकल बाँडिएको पालिकाको भनाइ छ । घरदेखि विद्यालय टाढा हुँदा आउजाउमा समस्या भएपछि पालिकाले छात्राहरुको सुविधालाई मध्यनजर गर्दै साइकल बाँडिएको बताइएको छ ।

शिक्षा शाखा प्रमुख धनीप्रसाद शर्माले छात्राहरुको सहजता र विद्यालयमा पहँुच बढाउन यो कार्यक्रम गरिएको बताए । घरदेखि विद्यालय टाढा हुँदा छात्राहरुलाई आउजाउ गर्न समस्या भएकाले पठनपाठनमा गाह्रो हुने गरेपनि साइकल बाँडिएपछि उनीहरु खुसी देखिएका छन् ।

साइकल वितरण कार्यक्रमले पालिकाका धेरै छात्राहरुलाई सहज भएको र विद्यालय टाढा भएर बीचमै छाड्न सक्ने अवस्था पनि कम भएको पालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीको भनाइ छ ।

तराईमा यसै पनि छात्राहरुलाई कम पढाउने र शिक्षामा पछि परेको गाउँपालिकामा साइकल वितरण भएपछि छात्राहरु नियमित विद्यालय जाने अपेक्षा अनुरुप यो योजना सारिएको प्रमुख प्रशाकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली बताउँछन् ।

गाउँपालिका प्रमुख कमलेशशरण चौधरीले छात्राहरुलाई विद्यालयमा टिकाई राख्न छात्राहरुलाई साइकल बाँडेको बताए । घर टाढा भएकाले विद्यालय बीचमै छाड्ने समस्या अब समाधान हुने प्रमुख चौधरीले बताए । कक्षा ८ देखि १२ सम्म छात्राहरुले साइकल पाएपछि निकै खुशी भएका छन् । छात्राहरुलाई विद्यालयको पहुँच बढाउन पालिकाले चालु आर्थिक वर्षमा साइकल किन्न ६० लाख बजेट बिनियोजन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *