शाखा अधिकृतको पहिलो चरणको नतिजा सार्वजनिक, ३७ प्रतिशत उत्तीर्ण (सूचीसहित) – Nepal Press

शाखा अधिकृतको पहिलो चरणको नतिजा सार्वजनिक, ३७ प्रतिशत उत्तीर्ण (सूचीसहित)

काठमाडौं । शाखा अधिकृत पहिलो चरणको परीक्षाको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले मंगलबार असार १६ गते लिएको पहिलो चरणको परीक्षाको जम्मा परीक्षामा सहभागिमध्ये ३७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

पहिलो चरणको परीक्षामा सहभागी भएका १५ हजार ९८४ जनामध्ये पाँच हजार ९६७ जना दोस्रो चरणको परीक्षमा सहभागि हुनका लागि उत्तीर्ण भएका हुन् ।

परीक्षामा सहभागी भएका मध्ये १० जना परीक्षार्थीले उत्तरपुस्तिकामा ‘कि’ उल्लेख नगरको कारण उत्तरपुस्तिका रद्द भएको छ ।

द्वितीय चरणको परीक्षाका लागि छनौट भएका परीक्षार्थीले साविककै प्रवेशपत्रबाट आयोगको धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपालय कार्यालयबाट तोक्ने परीक्षा केन्द्रमा मात्र सहभागि हुने आयोगले जनाएको छ ।

सूचीसहितः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *