बालबालिकालाई स्कुल लिन पुर्याउन जाने महिलाको सिक्री लुट्ने पक्राउ (भिडिओ) – Nepal Press

बालबालिकालाई स्कुल लिन पुर्याउन जाने महिलाको सिक्री लुट्ने पक्राउ (भिडिओ)

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले विभिन्न स्थानमा सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

ललितपुर प्रहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै स्कुलमा बालबालिका लिन र पुर्याउन जाने महिलाहरुले लगाएको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा लोलिनकाजी महर्जन, रविन्द्र महर्जन र रोहन नेपाली रहेको प्रहरीले जनाएको छ । ललितपुरमा असार १७ गतेदेखि १९ गतेसम्म भएका सुनको सिक्री लुटपाट घटनामा सिसिटिभि फुटेजका आधारमा अनुसन्धान गर्दा स्कुटर र मोटरसाइलकको प्रयोग गरि लुटपाट गरेको देखिएको र तीन जनालाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए ।

घटनाको मुख्य योजनाकार लोलिनकाजी महर्जन यसअघि पछि चोरी र लागु औषध मुद्दामा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *