सदनमा विमलाको प्रश्न- नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ? (भिडिओ) – Nepal Press

सदनमा विमलाको प्रश्न- नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन ? (भिडिओ)

काठमाडौं । राष्ट्रियसभा सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गरेकी छन् ।

मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बनाउनका लागि व्यापारीहरू दिल्ली दौडाहामा गएको कुरा उल्लेख गरेको भन्दै बजेट कार्यक्रम पनि त्यतैबाट पास गर्न लागिएको हो भन्दै प्रश्न गरिन् । असमान बजेट आउनुको कारणबारे संसद र जनतालाई जानकारी दिन पनि उनको आग्रह छ । छिमेकी देशसँगको नेपालको सम्बन्ध असमान हुँदै गइरहेको उनले टिप्पणी गरिन् ।

उनले भनिन्, ‘प्रधानमन्त्रीले अस्ति त भनि नै हाल्नुभयो । प्रधानमन्त्री बन्नका लागि व्यापारीहरू दिल्ली दौडमा गएका कुरा । बजेट कार्यक्रम पनि हामी त्यतैबाट पास गर्दैछौं कि के हो ? परराष्ट्रले सहजीकरण गरिरहेको छ ? नत्र भने किन एकतर्फी हुन्छ बजेट ? हाम्रो छिमेकीसँगको सम्बन्ध असमान हुँदैछ, एकातिर ढल्किँदै छ, विचार गर्नुहोला । असंलग्न परराष्ट्र नीति छोडेका हौं कि समातिएको छ, के भइरहेको छ ? यसमा जवाफ दिनुहोला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर