तरलता घटाउन राष्ट्र बैंकले आज फेरि २० अर्ब रूपैयाँ बजारबाट खिच्दै – Nepal Press

तरलता घटाउन राष्ट्र बैंकले आज फेरि २० अर्ब रूपैयाँ बजारबाट खिच्दै

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आज फेरि २० अर्ब रूपैयाँ बजारबाट खिच्दैछ ।

बैंकले रिभर्स रिपोमार्फत २० अर्ब रूपैयाँ तान्न लागेको हो । राष्ट्र बैंकले १४ दिने अवधिको लागि जारी गर्न लागेको यो रिभर्स रिपो साउन ९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ । रिभर्स रिपो लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले आज मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन् ।

बैंकमा पैसा धेरै भएपछि नेपाल राष्ट्र बैंकले पटक पटक बजारबाट पैसा तानिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर