मनाङ एयरको हेलिकप्टरमा सवार पाँचैजना यात्रु मेक्सिकन नागरिक – Nepal Press

मनाङ एयरको हेलिकप्टरमा सवार पाँचैजना यात्रु मेक्सिकन नागरिक

काठमाडौं । सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एअरको हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ ।

हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए ।

मङ्गलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

९एनए/एमभी कलसाइन भएको हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *