मिटरब्याजी सम्बन्धी कानूनलाई नयाँ ढंगले अघि बढाइनेछ : सञ्चारमन्त्री शर्मा (भिडिओ) – Nepal Press

मिटरब्याजी सम्बन्धी कानूनलाई नयाँ ढंगले अघि बढाइनेछ : सञ्चारमन्त्री शर्मा (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरव्याजीसम्बन्धी कानूनलाई नयाँ ढंगले अघि बढाइने बताएकी छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री शर्माले मिटरव्याजीसम्बन्धी कानून सम्बन्धी अध्यादेश शुन्यको अवस्थामा पुगेको भन्दै यसलाई अव नयाँ ढंगले अघि बढाइने बताएकी हुन् ।

यसको प्रक्रिया सदनको आगामी असार २९ गते बस्ने बैठकबाट नै सुरु हुने उनको भनाइ छ । उनले राष्ट्रियसभा पनि सहज रुपमा चल्ने भन्दै बजेट पारित हुने विश्वास व्यक्त गरिन् ।

मन्त्री शर्माले अहिले संसद खुलाउने नै महत्वपूर्ण विषय भएको र प्रतिपक्षीले उठाएको बिषयलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर