नेपालमा युरोप र अमेरिकाको चासो भयंकर बढ्दै गयो: सांसद खड्का – Nepal Press

नेपालमा युरोप र अमेरिकाको चासो भयंकर बढ्दै गयो: सांसद खड्का

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वपरराष्ट्रमन्त्री डा. नारायण खड्काले देशको राजनीतिक परिस्थिति सुदृढ नभइ परराष्ट्र नीति बलियो हुन नसक्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार बसेको बैठकमा उनले देशको राजनीति स्थायी नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने बताएका हुन् ।

उनले राष्ट्रिय एकताको रुपमा परराष्ट्र नीतिहरु अघि बढाउन जरुरी रहेको औंल्याए । पररराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्रसम्बन्धी गतिविधिलाई जानकारी गराउनुपर्ने सांसद खड्काको भनाइ छ ।

उनले नेपालमा युरोप र अमेरिकाको चासो बढिरहेको बताए ।

‘म मन्त्री हुँदा प्रेसका लागि प्रेस मिट हरेक दुई हप्तामा गर्थें, अहिले के छ त्यसको अवस्था ?’, उनले भने, ‘नेपालमा युरोप र अमेरिकाको चासो भयंकर बढिरहेको छ । त्यसलाई कसरी भारत र चीनसँग समस्या नपर्ने गरी अघि बढाउने ? त्यो बारेमा सोच्नुपर्छ ।’

सांसद खड्काले छिमेकी देशहरु चीन र भारतसँग सम्बन्ध नबिगारिकन अन्य देशहरुसँगको सम्बन्ध विस्तार गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर