मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउन पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा समिति निर्माण – Nepal Press

मकवानपुर क्याम्पसलाई विश्वविद्यालय बनाउन पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा समिति निर्माण

हेटौँडा । बागमती प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको नेतृत्वमा प्रदेशको राजधानी हेटौँडामा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको रुपमा अघि बढाउनको लागि पाँच सदस्यीय समिति निर्माण भएको छ ।

क्याम्पसका पूर्वअध्यक्ष समेत रहेको पौडेलेको समितिमा क्याम्पसका पूर्वअध्यक्षहरु माईकल रामचन्द्र अर्याल, प्रल्हाद लामिछाने, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान रहेको समिति निर्माण भएको हो ।

समितिको सदस्य सचिवमा क्याम्पसका साहायक क्याम्पस प्रमुख डाक्टर यम सिलवाल रहेका छन् । हेटौँडामा भएको क्याम्पस सञ्चालक समिति तथा सरोकारवालाहरुको बैठकले प्रदेशको राजधानी हेटौँडामा विश्वविद्यालयको आवश्यक्ता रहेको र प्रदेश सरकारले पनि प्रदेश विश्वविद्यालयको अवधारणालाई प्राथमिकताको साथ अघि बढाएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसलाईनै विश्वविद्यालयको रुपमा अघि बढाउनेगरी काम गर्न समिति निर्माण गरिएको क्याम्पसका प्रचार्य डाक्टर डाक्टर शंकरप्रसाद उपाध्ययले बताए ।

लामो समयबाट क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्ने प्रयास भएको सन्दर्भमा मकवानपुर बबहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालय या सार्वजनिक विश्वविद्यालय बनाउने कामलाई अघि बढाउन समितिनै निर्माण गरिएको प्रक्रिया थालनी गरिएको क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष अनन्त पौडेलले बताए ।

देशकै सबैभन्दा धेरै विद्यार्थीहरु अध्ययन गर्ने क्याम्पसको रुपमा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा दश जोड दुई देखि विभिन्न संकायमा स्नाकोत्तरसम्मको अध्यापन हुँदै आएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा मकवानपुर सहित बागमती प्रदेशको सिन्धुली चितवन र मधेश प्रदेशको बारा, पर्सा, रौतहट तथा सर्लाहीसम्मका विद्यार्थीहरु अध्ययन गर्दै आएका छन् । मकवानपुरलाई शैक्षिक नगरि बनाउने उदेश्यले क्याम्पसले विभिन्न जिल्लामा आफ्ना शैक्षिक कार्यक्रमहरुबारे कार्यशाला गर्दै आएको क्याम्पसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *