कृषिमन्त्रीको राजीनामा माग्दै चितवनका किसानले घेरे मन्त्रालय – Nepal Press

कृषिमन्त्रीको राजीनामा माग्दै चितवनका किसानले घेरे मन्त्रालय

हेटौंडा । चितवनका दूध उत्पादक कृषकहरूले बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय घेराउ गरेका छन् ।

आइतबार चितवनको माडी, राप्ती नगरपालिका र भरतपुर महानगरपालिकाका किसानहरुले प्रदेशको कृषि मन्त्रालय घेराउ गरेका हुन् । उनीहरुले प्रदेश सरकारले दूधमा किसानहरुलाई दिदै आएको अनुदान कटौती गरेको भन्दै मन्त्रालय घेराउ गरेका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको नेतृत्वमा ३० वटा बसमा आएका सयौं किसानहरुले सरकारले कृषकलाई अनुदान थप गर्नुपर्नेमा कटौती गरि मारमा पारेको भन्दै मन्त्रालय घेराउ गरेका हुन् ।

प्रदेश सरकारले यस अघि दिदै आएको अनुदानलाइ कटौती गरि दूध उत्पादक किसानलाइ समस्यामा पारेपछि आफूहरु आल्दोलित हुनुपरेको संघका कोषाध्यक्ष छविलाल भुसालले बताए ।

उनले स्थानीयतहले अनुदान दिएपनी प्रदेश सरकारले अनुदान कटौती गर्न नहुने बताए । माडी नगरपालिकाले प्रतीलिटर ४ रुपैयाँ, भरतपुर माहानगरपालिकाले प्रतिलिटर ३ रुपैयाँ र राप्ती नगरपालिकाले प्रतिलिटर ५० पैसा दूधमा अनुदान दिएका छन् ।

दूध उत्पादन गर्ने किसानहरुले स्थानीयतहले अनुदान दिएपनि प्रदेश सरकारले समान रुपले अनुदान वितरण गर्नुपर्ने माग राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर