तिनाउ नदीमा बुटवलका एक युवक मृत भेटिए – Nepal Press

तिनाउ नदीमा बुटवलका एक युवक मृत भेटिए

रुपन्देही । बुटवलको तिनाउ पुल नजिकै आइतबार बिहान एक युवा मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका वडा नं ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् ।

शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

तिनाउ नदीमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *