विषालु च्याउ खाँदा दैलेखमा चार बालबालिका बिरामी – Nepal Press

विषालु च्याउ खाँदा दैलेखमा चार बालबालिका बिरामी

दैलेख । दैलेखको महाबु गाउँपालिका–२ डुङ्ग्रीमा जङ्गली विषालु च्याउ खाँदा एकै घर चार जना बालबालिका बिरामी परेका छन् । आज बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेका हुन् ।

च्याउ खाएर १८ वर्षीय गणेश विक, १४ वर्षीय धर्मराज विक, १० वर्षका तिलक विक र १६ वर्षीया भगवती विक बिरामी परेका हुन् । दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।

बुबा मानबहादुर विक र आमा कौशिला विक घाँसपात गर्न गएको बेला पकाइराखेको च्याउ खाँदा उनीहरू चारै जना बिरामी परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *