समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीले संयुक्त संघर्ष गर्ने – Nepal Press

समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीले संयुक्त संघर्ष गर्ने

काठमाडौं । समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको पवन कार्की समूहले सहकार्य गर्ने भएको छ ।

शनिवार नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसी विभिन्न शैक्षिक मुद्दा सहकार्य गर्ने सहमति भएको अखिल क्रान्तिकारी का प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

‘उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, तत्काल शिक्षा ऐन जारी गर्ने र विश्वविद्यालयको शैक्षिक क्यालेन्डर लागु गर्ने लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ,’ प्रवक्ता यादवले भने ।

दुई संगठनले शिक्षामा सुधारका लागि रचनात्मक र सकारात्मक दबाबमूलक आन्दोलन गर्ने सहमति भएको उनले बताए ।

दुई संगठनले सोमबारबाट एक हप्ताभरि देशभरका क्याम्पस, जिल्ला प्रदेश गाउँपालिका, नगरपालिका सबैतिर हस्ताक्षर अभियान चलाउने सहमति गरेका छन् ।

२७ गते काठमाडौंमा शान्तिपूर्ण र रचनात्मक प्रदर्शन गरे र ३१ गते सरोकारवालासँग व्यापक अन्तरक्रिया गर्ने सहमति भएको अखिल क्रान्तिकारी पवन कार्की समूहका प्रवक्ता उपदेश यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *